• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भ्रमण वर्ष २०२० को तयारी पूरा, पर्यटक स्वागतको लागि विमानस्थलमा हात्ती राखिने

by पहिलो नेपाल
९ मंसिर २०७६, सोमबार १७:११

मंसिर ९, पहिलो नेपाल – सरकारले ‘भिजिट नेपाल २०२०’को उद्घाटन भव्यताको साथ गर्ने भएको छ।

भ्रमण वर्ष २०२० को तयारी अन्तिम चरण पुगेसँगै सरकारले देशभर गर्ने कार्यक्रमको जानकारी गराएको हो।

नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन भव्यताका साथ गर्ने गरी कार्यक्रम तय भएको जानकारी दिएका छन्।

सिंहदरबारमा सोमबार बसेको मूल आयोजक कमिटीको बैठकले भिजिट नेपाल २०२० को शुभारम्भका लागि पशुपति मन्दिरमा १०८ शंख धुनीबाट उद्घोष गरिने र दिउँसो रंगशालामा उद्घाटन गर्ने तयारी भएको जानकारी गराएको छ।

यसका साथै विमानस्थलमा पर्यटक स्वागत गर्न हात्ती खटाइने गरी समेत तयारी भएको मन्त्री भट्टराईले जानकारी दिए।

मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले जनवरी १ मा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्ने जानकारी गराएका छन्।

सोही दिन सातै प्रदेशमा र जिल्लामा पनि भव्य रुपमा भ्रमण वर्षको उद्धघाटन हुने उनको भनाइ छ।

त्यस्तै विदेशस्थित राजदूतावासमा जनवरी ७ मा एकसाथ भ्रमण वर्षको उद्धघाटन गर्ने कार्यक्रम छ।

यस्तो छ उद्घाटन तयारी

१.पशुपतिमा १ सय ८ शंख बजाएर भ्रमण वर्षको उद्घोष

२.दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहबाट राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गर्ने।

३.उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन।

४.मूल आयोजक समिति सदस्यले एक साता भित्र आफूले केके गर्ने भन्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने

५.प्रचार सामाग्री त्रिभूवन विमानस्थलमा राखिने।

६.विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने।

७.विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई केही न केही नेपालको उपहार दिनुपर्ने वा कामदार भए आफू कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने

८.सबै राजनीतिक दलहरुसँग साझा कार्यक्रमको लागि पहल गरिने।

९.प्रदेशसभाले पनि पर्यटन वर्षको उद्घाटनको चाँजोपाँजो मिलाएर यसको जानकारी पन्ध्र दिनभित्र भ्रमण वर्ष सचिवालयमा पठाउने।

१०.नेपालभित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने।

११.नेपाल भ्रमण वर्ष २०२० मूख्य आयोजक समितिमा रहनु हुने विभिन्न संघसंस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको ’दयगतमा प्रस्तुतीकरण गर्ने।

१२.सार्वजनिक स्थललाई झकिझकाउ  गरी सौन्दर्य बनाउन पहल गर्ने

१३.उपत्यकाभित्रका स्थानीय निकायसँगको सहकार्यमा सरसफाई थालिने ।

१४.दुबईको बुर्ज खलिफालगायत विश्वको गगनचुम्नी भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूतावाससँग समन्वय गर्ने।

१५.नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्ने।

१६.डिसेम्बर ३१ तारिखलाई नेपाल भ्रमण वर्षको ‘इभ’का रुपमा मनाउने।

१७.डिसेम्बर ३१ कै साँझ, बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी, जनकपुरलगायतका ठाउँमा २ हजार २० वटा दियो बाल्ने।

१८.१ तारिखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटकलाई हात्ती मार्फत स्वागत गर्ने।

Facebook Comments

Related Posts

प्रदेश १ सरकारले यसरी भव्य रुपमा सम्पन्न गरेको थियो भ्रमण वर्षको उद्घाटन (फोटोफिचर)

९ मंसिर २०७६, सोमबार १७:११

प्रदेश १ सरकारले गर्यो भ्रमण वर्षको भव्य उद्घाटन (तस्बिर सहित )

९ मंसिर २०७६, सोमबार १७:११

भ्रमण वर्ष २०२० उद्घाटन र अघिल्लो दिन दीपावली गर्न निर्देश

प्रदेश १ मा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन हुँने, मन्त्री र उपसमिति संयोजक सक्रिय

नेपालमै बनेको पहिलो पानीजहाजको नारायणीमा गरियो सफल परिक्षण (फोटोसहित)

भ्रमण वर्ष २०२० लाई लक्षित गरि ठमेलको अनुगमन,’सुन्दर ठमेल सुरक्षित ठमेल’ अभियान चलाईँदै

नेपालकै पहिलो सुरुङ्गमार्गको प्रधानमन्त्री द्वारा शिलान्यास

सिको भ्रमणले पर्यटक बढ्ने अपेक्षा, विश्वभर नेपालको प्रचार

जहाज होल्डबारे पर्यटनमन्त्रीको प्राधिकरणलाई स्पष्टीकरण

भ्रमण वर्ष सफल पार्न विदेशी साथिलाई नेपाल पठाउन पर्यटन मन्त्री भट्टराईको आग्रह

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ मंसिर २०७६, सोमबार १७:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ मंसिर २०७६, सोमबार १७:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ मंसिर २०७६, सोमबार १७:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ मंसिर २०७६, सोमबार १७:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ मंसिर २०७६, सोमबार १७:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.