• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीले साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै, दशरथ रंगशाला पनि अवलोकन गर्ने,

by पहिलो नेपाल
१० मंसिर २०७६, मंगलवार ०९:०१

मंसिर १०, पहिलो नेपाल – दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्दैछन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद (साग) का खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेका हुन् ।

दुई दशकपछि यही मंसिर १५ गतेबाट नेपालमा साग खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् ।

साग आउन ५ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडीहरूलाई पुरस्कार दिने तयारी पनि छ । बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमले स्वर्ण जितेको थियो । उनीहरू नेपाल फर्किएलगत्तै खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पुरस्कार वितरण गर्ने घोषणा गरेका थिए । यही घोषणाअनुरूप आज प्रधानमन्त्रीको हातबाट पुरस्कृत गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले आजै साग खेलकुदको तयारीबारे पनि जानकारी लिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार, प्रज्ञाको सम्बोधनपछि ओलीले दशरथ रंगशालाको मर्मत कार्य अवलोकन गर्नेछन् । सागको उद्घाटनसँगै विभिन्न फुटबललगायतका खेल दशरथ रंगशालामा निर्माण हुने भए पनि अझै यसको मर्मत सकिएको छैन ।

आजै साँझ ५ बजे प्रधानमन्त्री अध्यक्ष रहने उच्चस्तरीय निर्देशन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । यो समितिमा साग खेल आयोजना हुने प्रदेशका मुख्यमन्त्रीहरू, युवा तथा खेलकुद मन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० मंसिर २०७६, मंगलवार ०९:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० मंसिर २०७६, मंगलवार ०९:०१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० मंसिर २०७६, मंगलवार ०९:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० मंसिर २०७६, मंगलवार ०९:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० मंसिर २०७६, मंगलवार ०९:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० मंसिर २०७६, मंगलवार ०९:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० मंसिर २०७६, मंगलवार ०९:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.