• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

जनवरी ५ देखि भारतको ५ वटा जलमार्गमा नेपाली पानीजहाज चल्ने

by पहिलो नेपाल
१२ मंसिर २०७६, बिहीबार ०७:५९
14
Shares

मंसिर १२, पहिलो नेपाल – आउँदो जनवरी ५ देखि भारतको तीनवटा जलमार्गमा नेपाली पानीजहाज चलाउन सकिने भएको छ । मंगलबारदेखि दुईदिन बसेको नेपाल–भारत ट्रान्जिट (पारवहन) सन्धि र त्यसको विस्तृत पुनरावलोकनका लागि बसेको सहसचिवस्तरीय बैठकले नयाँ सन्धिको मस्यौदा तयार पारेसँगै नेपालले भारतीय जलमार्गमा नेपाली पानीजहाज चलाउन बाटो खुलेको हो । सहसचिवस्तरीय बैठकमा दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिएको पारवहन सन्धि र सोको प्रोटोकलमा यथाशिघ्र हस्ताक्षर गर्ने सहमति गरेसँगै सन्धि २०२० जनवरी ५ देखि कार्यान्वयनमा आउनेछ ।

सन्धिको नयाँ मस्यौदामा हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदानप्रदान भएको लेटर अफ एक्स्चेन्जहरु समावेश छन् । जसमा तेस्रो मुलुकसँगको व्यापारमा नेपाली ध्वजावाहक पानीजहाज भारतीय जलमार्गमा चलाउन पाइने तथा नेपालका थप दुईवटा नाकालाई रेलमार्फत् हुने बल्क कार्गोको सुविधा दिने उल्लेख छ ।

सन्धिको मस्यौदामा नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट भएको निर्देशनअनुसार नेपालको ट्रान्जिटका लागि आन्तरिक जलमार्ग उपयोग गर्न पाउने व्यवस्था उल्लेख छ । जसमा जलमार्ग एवम् बहुविधिक (मल्टिमोडल अर्थात् जलमार्ग र सडकमार्ग वा दुवै) ढुवानीका रुट, प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका व्यवस्था सामेल छन् ।

आउँदो जनवरी ५ देखि भारतको तीनवटा जलमार्गमा नेपाली पानीजहाज चलाउन सकिने भएको छ । छ जसमार्फत् तेस्रो देशसँग व्यापार गर्न सकिने छ । सन्धि संशोधनपछि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाली पानी जहाज चलाउन तीनवटा रुट प्राप्त हुनेछन् । नेपाली पानी जहाजले कलकत्ता–कालुघाट, कलकत्ता–साहिबगञ्ज र कलकत्ता–बनारससम्म सञ्चालनको अनुमति पाउने भएका हुन् ।

यसअघि गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउने सम्बन्धि लेटर अफ एक्सचेन्ज (एलओई)मा भारतीय पक्षले सहमति जनाएको थियो ।

Facebook Comments

14
Shares

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१२ मंसिर २०७६, बिहीबार ०७:५९
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१२ मंसिर २०७६, बिहीबार ०७:५९

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ मंसिर २०७६, बिहीबार ०७:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ मंसिर २०७६, बिहीबार ०७:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ मंसिर २०७६, बिहीबार ०७:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ मंसिर २०७६, बिहीबार ०७:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ मंसिर २०७६, बिहीबार ०७:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.