मंसिर १३, पहिलो नेपाल – जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा कृष्णदासलाई नियन्त्रणमा लिन सुनसरी जिल्ला अदालत इनरुवाबाट पक्राउपूर्जी लिने प्रकृया अघि बढाइएको छ ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार अदालत समक्ष कृष्णदासलाई नियन्त्रण गर्न अनुमति माग गरिएको व्यहोरासहितको कानूनी प्रकृया अघि बढाइएको छ । अदालतबाट पक्राउपूर्जी जारी भएमा प्रहरीका लागि कृष्णदासलाई नियन्त्रण गर्न कानूनी बाटो खुल्नेछ ।
चतरामा आश्रम बनाएर बस्दै आएका कृष्णदासमाथि अनुयायी महिलामाथि जबरजस्ती करणीको आरोप लागेको छ ।
गत कात्तिक ४ गते करणी गरेको आरोपसहित पीडित महिला न्याय माग गर्दै महानगरीय परिषर काठमाडौं पुगेकी थिइन् ।