मंसिर १३, पहिलो नेपाल – माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो। यामीनले रकम लिएको अस्वीकार गरेका छन्।
यामीनका समर्थकहरूले भने बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए।
Facebook Comments