मंसिर १४, पहिलो नेपाल – शनिबार भएको उपनिर्वाचनको नजिता आउन थालेको छ । तिनवटै तहको ५२ स्थानमा भएको उपनिर्वाचनको नतिजा गणना सुरु भएसँगै केही ठाउँको नजिता समेत आउन सुरु भएको हो ।
हालसम्म स्थानीय तहको ३ स्थानको नतिजा आईसकेको छ । नतिजा आएजती सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार विजयी भएका छन् ।
रोल्पा थबाङ गाउँपालिका १ को वडादक्षमा नेकपाका जनकबहादुर बुढामगर विजयी भएका छन् । त्यस्तै , कंचनपुर पुनर्वास नगरपालिका ३ को वडाध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका भने सल्यान कुमाख गाउँपालिका ५ को वडाध्यक्षमा नेकपाका धर्मे बुढाथोकी विजयी भएका हुन् ।