• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आठ हजार भन्दा बढी मतान्तरले जितिन विद्या भट्टराईले,

by पहिलो नेपाल
१५ मंसिर २०७६, आईतवार २०:३६
19
Shares

मंसिर १५, पहिलो नेपाल – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छन् ।

विद्या २४ हजार ३९४ मत प्राप्त गरी विजयी भएकी छन् भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयद्वारा मतगणनाको नतिजा सार्वजनिक हुनासाथ काँग्रेसका उम्मेदवार पौडेलले नवनिर्वाचित भट्टराईलाई फुललको माला लगाइ बधाइ ज्ञापन गरे। मतगणनास्थलमा नेकपाका कार्यकर्ता एवं शुभेच्छुकले खुशी साटासाट गर्दै नाराबाजी गरिरहेका छन् । सोही अवसरमा नवनिर्वाचित भट्टराईले मतदातालाई धन्यवाद दिँदै स्व रवीन्द्र अधिकारी र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने बचनबद्धता प्रकट गरिन्।

२०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो । निर्वाचित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुन्। भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । उनी  शिक्षण पेशामा आबद्ध थिईन् ।

Facebook Comments

19
Shares

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१५ मंसिर २०७६, आईतवार २०:३६
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१५ मंसिर २०७६, आईतवार २०:३६

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१५ मंसिर २०७६, आईतवार २०:३६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१५ मंसिर २०७६, आईतवार २०:३६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१५ मंसिर २०७६, आईतवार २०:३६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१५ मंसिर २०७६, आईतवार २०:३६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१५ मंसिर २०७६, आईतवार २०:३६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.