• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

काङ्ग्रेसको लालकिल्ला रहेको दुई गाउँपालिकामा नेकपाले गाड्यो झण्डा,

by पहिलो नेपाल
१६ मंसिर २०७६, सोमबार ११:४७

मंसिर १६, पहिलो नेपाल – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूले यसअघिको निर्वाचनमा गुमाएको दुई गाउँपालिकामा जित हासिल गरेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् ।  कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन् ।

गएराति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन् । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् ।

यसअघि कांग्रेसका अमरकुमार नेवाङले ४ हजार १६३ मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी तत्कालीन एमालेका उमेदवार वीरबहादुर कुरूङवाङले ३ हजार ३६७ मत ल्याएका थिए । माओवादी केन्द्रका उमेदवार ठाकुरसिंह नेम्वाङले ७४४ मत ल्याएका थिए ।

कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको उपनिर्वाचनमा नेकपाले विजय हात पारेको छ ।

गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार रूपा शाहीले १ हजार ४५४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १ हजार ३८५ मत ल्याइन् । राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याए ।

यसअघि त्यहाँ कांग्रेसकी सिन्धुहमाल निर्वाचित भएकी थिइन् । उनको मत १ हजार १८ थियो ९५९ मत ल्याएकी नेकपाकी रुपा साही दोस्रो भएकी थिइन् । त्यहाँ माओवादी केन्द्रबाट उमेदवार बनेकी काल्ची ऐडीले १०८ मत ल्याएकी थिइन् ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै कर्णबहादुर रावल निर्वाचित भएका थिए । उनले १११० मत ल्याएका थिए ।

पार्टी एकताको प्रभाव यी दुई गाउँपालिकामा देखिएको छ । जसले नेकपाको जित सुनिश्चित गरायो ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१६ मंसिर २०७६, सोमबार ११:४७
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१६ मंसिर २०७६, सोमबार ११:४७

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ मंसिर २०७६, सोमबार ११:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ मंसिर २०७६, सोमबार ११:४७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ मंसिर २०७६, सोमबार ११:४७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ मंसिर २०७६, सोमबार ११:४७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ मंसिर २०७६, सोमबार ११:४७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.