मंसिर १६, पहिलो नेपाल – धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर तिलक राईलाई सपथ ग्रहण समारोहमा नै पुगेर निकटतम प्रतिद्वन्दी प्रकाश राईले बधाई दिएका छन् । अनपेक्षित हार बेहोरेका नेकपाका उमेदवार प्रकाश राईले नवनिर्वाचित मेयर तिलक राईलाई भेटी अंकमाल गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले अंकमाल गर्दै राम्रो गर्नुस् भन्दै शुभकामना व्यक्त गरे ।
ऐतिहासिक जित दर्ता गरेको नेपाली काङ्ग्रेसका उम्मेद्बार तिलक राईलाई उनका निकटतम प्रतिद्वन्दी नेकपाका प्रकाश राईले राजनैतिक संस्कार देखाउँदै बधाई बधाई तथा शुभकामना दिएकोप्रती सबैले सकारात्मक टिप्पणी गरेका छन् ।
कम्युनिस्टको लालकिल्लाको रुपमा चिनिने यश क्षेत्रमा यसअघि तात्कालिक एमालेका उमेदवार तारा सुब्बाले जितेका थिए। सुब्बाको निधनपछी भएको उपनिर्वाचनमा अनपेक्षित रुपमा काङ्ग्रेसले जितेपछि सर्बत्र चर्चा भैरहेको छ ।