मंसिर १७, पहिलो नेपाल – १३औँ दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनको तेस्रो दिन सम्म आईपुग्दा नेपाल शिर्ष स्थानमा छ । सागमा सानदार सुरुवात गरेको नेपालले २१ स्वर्ण जितेको छ । त्यस्तै, नेपालले ६ रजत र ८ कास्य जित्न सफल भएको छ । नेपालको कुल पदक संख्या ३५ पुगेको छ ।
त्यस्तै भारतले ६ स्वर्ण ५ रजत र ३ कास्य जित्न सफल हुँदा पाकिस्तानले २ स्वर्ण ७ रजत र ७ कास्य जित्न सफल भएको छ । त्यस्तै बाङ्लादेशले ३ स्वर्ण ६ रजत र १७ कास्य जितेको छ भने श्रीलंकाले ४ स्वर्ण ५ रजत र १६ कास्य जितेको छ । भुटानले १ कास्य जित्दा माल्दिभ्सले भने अहिलेसम्म कुनैपनी पदक जित्न सकेको छैन् ।
#SAG