मंसिर १७, पहिलो नेपाल – १३ औं दक्षिण एसियाली खेलकूद(साग) पुरुष फुटबल अन्तर्गत नेपालले भूटानविरुद्ध सान्दार जित दर्ता गराएको छ। नेपालले भूटानलाई ४-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
खेलमा नेपालका कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेट र ५० औ मिनेटमा गोल गर्न सफल भए। त्यस्तै ६६ औ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा फ्रीकिक मार्फत उत्कृष्ट गोल गर्दै सहज जित दिलाए ।
लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले फुटबलतर्फ पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।
लिग राउण्ड रोविनको आधारमा भएको प्रतियोतिगामा नेपाललको तीन अंक भएको छ। एक खेलमा विजयी भएको भूटानको पनि तीन अंक रहेको छ। पाँच टिमले सहभागी जनाएको प्रतियोगिताको शीर्ष दुई टोलीले गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्ने छन्।