मंसिर २० पहिलो नेपाल – बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले ७ दिनको म्याद थप गरेको छ। यसअघि अदालतले अनुसन्धानका लागि चारदिने म्याद थप गरेको थियो ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा छानबिन भइरहेको बाबालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि अदालतले ७ दिन मात्र म्याद थप गरेको हो।
प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो।
पक्राउ परिसकेपछि प्रहरी आफ्नो अनुसन्धानमा बयान लिइरहेको छ । बयानकै क्रममा गिरीको रगत र वीर्यको मद्दतले ‘डीएनए’ परिक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशाला काठमाडौं पठाइसकिएको छ ।
यस्तै करणी भएको भनिएको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुको प्रहरीले बयान लिइरहेको छ। अनुसन्धान टोलीले प्रतिस्ठानका भान्से, गिरीका पिएसओ ‘बडीगार्ड’ र त्यसदिन उनीसँगै रहेका अन्य अनुयायीको बयान लिएको हो।