मंसिर २१, पहिलो नेपाल – प्रदेश १ सामाजिक विकास मन्त्रालयको नेतृत्वमा बिराटनगरको सिंघिया खोला सरसफाई अभियान सुरु भएको छ । शनिबार घिनाघाट बाट सिंघिया खोला संरक्षण तथा सरसफाई अभियानको सुरुवात भएको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा घिनाघाटदेखि करिब १० किलोमिटर भातिगछ पुलसम्मको क्षेत्रमा सरसफाई हुने बताए । अभियान मुुल समिति संयोजक समेतरहेका मन्त्री घिमिरेले प्राकृतिक सम्पदामाथि हुने फोहर ब्यवस्थापनका क्रममा जागरण ल्याउनेतर्फ लक्षित रहेको प्रस्टाए। उनले यसपछि मन्त्रालय र स्थानीय तहकै सहकार्यमा पूर्वका अन्य प्रदुषित खोलाहरुमा सरसफाईको योजना रहेको बताए।
अभियानमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेकाछन्। कार्यक्रममा मेयर पराजुली सरससफाई महाअभियान सन्देशमुलक र जनचेतनामुलक हुने जानकारी दिए।
कार्यक्रममा विराटनगर महानगरपालिका तथा कटहरी गाँउपालिका, बूढीगंगा गाँउपालिका, ग्रामथान र जहदा गाउँपालिकाले सहकार्य गरेको छ । सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, सामाजिक अभियन्ता, राजनैतिक दल लगायत सबै पक्ष एवं समुदायको सामूहिक सहभागितामा अभियानको थालनी भएको हो ।