मंसिर २२, पहिलो नेपाल – लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हराएको छ ।
केही समय अघि मात्र कीर्तिमानि छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं ह्याटि्रक हो । यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।
लिग तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवै १५ खेलबाट समान ३४ अंकमा छन् । रियलले यसअघि इस्पनयोललाई २–० ले हराएको थियो ।
Facebook Comments