मंसिर २२, पहिलो नेपाल – महेन्द्र मोरङ क्याम्पस बिराटनगरका उप प्राध्यापक उद्गम मिश्रले मदिरा सेवन गरि एक पानपसल तोडफोड गरेका छन् । बिबिएका विभागीय प्रमुख समेत रहेका मिश्रले विराटनगरको ट्राफिक चोकमा रहेको एक पान पसलको सिसा फोडेका हुन् । शनीवार साँझ मदिरा सेवन गरेर पान पसल पुगेका मिश्रले पान पसलका संचालक सुरज सिंहसँग गाली गर्दै सिसा फोडेका हुन् ।
पानपसल तोडफोड गरेपछि पक्राउ परेका मिश्र क्षतिपूर्ति दिने सर्तमा छुटेको प्रहरीले जनाएको छ । पान पसल दुर्गा कोल्ड सेन्टरका सञ्चालक सुरज सिंहका अनुसार मिश्रले पान ढिलो दिएको भन्दै बाल्टिको पानी पसलमा पोखेर सिसामा खाली बाल्टी बजारेका थिए । उनका अनुसार मिश्रले सिसा फोडेपछि केहीबेर भनाभन भएको थियो । पछि मिश्रलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । वडा प्रहरी कार्यालयमा भएको लामो छलफल पछि उपप्रध्यापक मिश्रले फोडेको क्षतीपुर्ति तिर्ने सहमती भएको छ ।
उप प्राध्यापक जस्तो व्यक्तिले यस्तो गतिविधि गरेको भन्दै अहिले चौतर्फी आलोचना भैरहेको छ ।