मंसिर २३, पहिलो नेपाल – पोखरामा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार भएको फाइनलमा नेपाल भारतसँग पुनः पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । त्यस्तै भारतसँग फेरि चुकेपछि नेपाली महिला फुटबल टोलीकी दुई महत्वपूर्ण सदस्यद्वय मनमाया लिम्बु र निरु थापाले समेत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
स्मरण रहोस, पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले भारतसँग २–० ले पराजित भएपछि सागमा ऐतिहासिक स्वर्ण जित्ने अवसर फेरि गुमाएको थियो । यसअघि गत संस्करणको सागमा पनि फाइनलसम्म पुगेको नेपाली टोली भारतसँगै पराजित हुँदै उपविजेता बनेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि पदीय जिम्मेवारीबाट राजिनामा दिएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार नेपाललाई स्वर्ण पदक जिताउनबाट चुकेका खड्काले आफ्नो प्रशिक्षकीय जिम्मेवारी छाडेका हुन् ।
स्मरण रहोस, प्रशिक्षक खड्का कै जिम्मेवारी नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनौट तथा महिला साफ च्याम्पियनसिप खेलेको थियो ।
घरमै आयोजना भएको महिला साफ च्याम्वियनसितर्फ पनि नेपाल उपविजेता बनेको थियो । त्यतिबेला पनि नेपाली महिला फुटबल टोली भारतसँगै पराजित भएको थियो ।