• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मोरङ ६ का सांसद पण्डितद्वारा आफ्नो निर्वाचन क्षेत्रमा ६ करोड विनियोजन, कहाँकहाँ पर्यो बजेट ?

by पहिलो नेपाल
२५ मंसिर २०७६, बुधबार १४:५२

मंसिर २५, पहिलो नेपाल – मोरङ क्षेत्र नं. ६ का संघीय सांसद तथा पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय विकास कोष मार्फत आफ्नो निर्वाचन क्षेत्रमा ६ करोड रुपैया विकासका लागि विनियोजन गरेका छन् ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला निर्वाचन क्षेत्र नं. ६ बाट निर्वाचित सांसद पण्डितले चुनावको बेला गरेको बाचाहरुलाई पूरा गर्नका लागि संघीय विकास कोषबाट बजेट विनियोजन गरेका हुन् । मोरङ क्षेत्र नं. ६ मा पर्ने तीन स्थानीय तह अन्तर्गत सडक, भवन लगायतका पुर्वाधार विकासका लागि बजेट विनियोजन भएको छ ।

यस्तो छ सांसद लालबाबु पण्डितले विनियोजन गरेको बजेट र योजनाको विवरण :

सुन्दरहरैचा नगरपालिकामा मात्र १ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको छ । जसअन्तर्गत वडा नं. २ को बेलडाँगी मझुवा सडकको लागि ५० लाख, वडा नं. ३ स्थित मालती आमझोकि बाँधका लागि १६ लाख ५० हजार, वडा नं. ४ मा सुर्य कंटेलको घर हुँदै हुलाकी मार्ग सडक निर्माणका लागि १७ लाख ५० हजार, वडा नं. ५ को वडा कार्यलय खोक्सि देखि स्वास्थ चौकी जाने बाटोको लागि ५० लाख, वडा नं. ६ मा कुमार चौक सुकुना पुल निर्माणका लागि १० लाख र साजिलाल उमावी भवन निर्माणका लागि १२ लाख ५० हजार, वडा नं. ७ प्रहरी चौकी निर्माणका लागि २२ लाख ५० हजार छ भने गोठगाउँ देखि दक्षिण मध्याली मार्गको लागि २० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै बुढिगंगा गाउँपालिकामा पनि १ करोड ९९ लाख बजेट विनियोजन भएको छ । जसमा वडा नं. २ मा देविथान प्रतिष्ठान सामुदायिक भवन निर्माणका लागि १० लाख, अमाही सन्तोषी घरदेखी लैलचौक सम्म सडक ग्राबेलका लागि १० लाख , वडा नं. ३ मा गौरी टोल सिग्देल देखि उत्तर हुँदै आकाश टोल सम्म उच्च ग्राबेलका लागि १० लाख, गोकुवा चौकदेखी जनता प्रावी जाने सडक कालोपत्रेका लागि ५० लाख, वडा नं. ४ मा रहेको मनमोहन पोलिटेक्निक उपकरण खरिदका लागि १० लाख, गोकुवा सिंघिया खोला पुलछेउ छट घाट निर्माणका लागि ५० लाख, वडा नं. ५ को हात्तिमुडामा दुर्गा प्राविदेखी जलसरको घर जाने नालासहितको ग्राबेल बाटोको लागि १० लाख, अमात टोलको बाटोको लागि १० लाख, वडा नं. ६ मा सरस्वती मावीको २ कोठे भवन निर्माणका लागि १९ लाख र मदाजा विश्रान्ती घाट निर्माणका लागि १० लाख बजेट विनियोजन भएको छ ।

बिराटनगर महानगरपालिकाका लागि २ करोड २ लाख बजेट विनियोजन भएको छ । जस अन्तर्गत वडा नं. ४ स्थित गिता बास्तोलाको घर हुँदै भिम बस्नेतको घरसम्म रिटेलिङ वालको लागि २४ लाख, वडा नं. ५ मा श्रुति मार्ग पिच सडक निर्माणका लागि २० लाख, श्रीकृष्ण मार्ग पक्की नाला निर्माणका लागि १५ लाख, वडा नं. ६ मा लालिगुरास टोलदेखी बरमपुराको केशलिया रोडसम्म पिच निर्माणका लागि ५० लाख, सरोचिया शैलेस मन्दिर भवन निर्माणका लागि १० लाख, वडा नं. ७ मा हरियाली टोल स्थित सामुदायिक भवन निर्माणका लागि १० लाख, वडा नं. ११ मा झि गुठी सामुदायिक भवन निर्माणका लागि १० लाख, पञ्चमुखी चौक पश्चिम वडा नं. ११ र १२ सिमानको पिच (पक्की नालासहित) का लागि ५० लाख र वडा नं. १२ बखरी प्रहरी चौकी भवन निर्माणका लागि १० लाख बजेट विनियोजन भएको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ मंसिर २०७६, बुधबार १४:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ मंसिर २०७६, बुधबार १४:५२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ मंसिर २०७६, बुधबार १४:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ मंसिर २०७६, बुधबार १४:५२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ मंसिर २०७६, बुधबार १४:५२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ मंसिर २०७६, बुधबार १४:५२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ मंसिर २०७६, बुधबार १४:५२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.