मंसिर २६, पहिलो नेपाल – बिराटनगर-१४ स्थित रिजविया मदरसा इस्लाम नामक एक मदरसाका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । रोयल बिर्यानी हाउसको मुनाफाबाट जाडोमा विद्यार्थीहरुले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै ३० ओटा म्याट र ३ ओटा वाइट बोर्ड प्रदान गरिएको हो।
हरेक महिना बिर्यानी हाउसको केही मुनाफा समाजको लागि सहयोग गरिने उक्त बिरयानी हाउसका सन्चालक पप्पु अनसारीले बताए ।मदरसाको संस्थापक निजाम खानले उक्त मदरसालाई सबैको साथ र सहयोगको खाचो रहेको बताउँदै स्थापना भएको १० बर्ष भएता पनि अहिले सम्म एउटा शौचालय पनि निमार्ण हुन नसकेको दुखेसो पोखे ।
कार्यक्रमको संयोजन युवा समाजसेवी पेरिस सुबेदिले गरेका थिए ।