मंसिर २६, पहिलो नेपाल – बर्जु गाउँपालिकाको चिमडी बजारदेखि छिटाहा हुँदै भमरी बजारसम्मको सडक कालोपत्रे हुने भएको छ । १३ किलोमीटर रहेको उक्त सडकको बुधवार शिलान्यास भएको हो ।
प्रदेश न:१ सरकारको पुर्बाधार बिकास कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे हुन लागेको हो । प्रदेश नं. १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले एक कार्यक्रमका बिच सडकको शिलान्यास गरेका छन् । बर्जु गाउँपालिका ६ मा भएको कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले अनेरास्ववियुका केन्द्रिय सदस्य बिष्नु यादवको अधिक पहलकै कारण उक्त सडक योजनामा परेको बताए । यादवले उक्त सडकलाई योजनामा पार्नको लागि निकै रस्साकस्सी गर्दै आएका थिए ।
२ वर्ष भित्र सम्पन्न हुने उक्त सडक कालोपत्रेको लागि ३३ करोड बजेट बिनियोजन भएको छ ।