मंसिर २८, पहिलो नेपाल – पुर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले भर्खरै सम्पन्न उपनिर्वाचनले नेकपालाई आफ्नो कमि कमजोरी सोधार्नुपर्ने पाठ सिकाएको बताउनुभएको छ । शनिवार बिराटनगर विमानस्थलमा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।
नेकपाको बिदेश विभाग प्रमुख समेत रहेका नेपालले उपनिर्वाचनबाट पार्टीको कमि कमजोरी छ भन्ने संदेश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ उपनिर्वाचनबाट पार्टिले जनताको अपेक्षा अनुसार काम गर्न सकिरहेको छैन भन्ने संदेश दिएको छ । तर अब यसलाई सुधार्दै जनताको अपेक्षा अनुसार काम गरेर अर्को निर्वाचनमा पनि नेपाल कम्युनिस्ट पार्टी देशकै ठूलो पार्टी बन्नेछ।’