मंसिर ३०, पहिलो नेपाल – काठमाडौंमा जारी प्रधानसेनापति महिला फुटबल प्रतियोगितामा सावित्रा भण्डारीले एकै खेलमा ९ गोल गरेकी छन् । सिक्किमविरुद्धको खेलमा एपीएफकी सावित्राले तेहेरो ह्याट्रिक गरेकी हुन् ।
लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सावित्रा सम्मेलित टोली एपीएफले सिक्किमलाई १८–० ले हरायो । एपीएफको जितमा सावित्राले ९ गोल गर्दा अनु लामाले ४ तथा अनिता बस्नेतले ३ गोल गरिन् । त्यस्तै रेनुका नगरकोटिले २ गोल गरिन् ।
अन्य खेलहरुमा नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई ३-० ले स्तब्ध पार्यो। पुलिसको जितमा निरु थाला, निशा सुनुवार र दिपा न्यौपानेले १-१ गोल गरे ।