पुस ३, पहिलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक पहलबाट टुंग्याउनका लागि पहल भइरहेको भन्दै अदालतले सोबारेमा कुनै आदेश जारी गर्न नपर्ने जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धि विषय तथ्य प्रमाणको आधारमा दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने धारणा रहेको लिखित जवाफ सर्वोच्चमा पेस गरेका हुन् ।
उनले नेपालको सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीच सीमासम्बन्धि दस्तावेज एवम् तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।