• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्द लगाईएको महाअभियोगको पक्षमा बहुमत

by पहिलो नेपाल
३ पुष २०७६, बिहीबार ०८:१३

पुष ३, पहिलो नेपाल – अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् ।

ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो  ।

तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन् । किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।

सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए । आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो  महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए ।

उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत  राष्ट्रपतिले आरोप लगाएका थिए ।
६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी थिइन् ।

ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो । उनी माथि विपक्षी नेता जो बाइडेनको विरुद्धमा छानबिनका लागि युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको र अर्को आफ्नो शक्तिको दुरुपयोग गरी अमेरिकी कंग्रेसको काम अवरुद्ध गरेको दुई विषयमा महाअभियोग प्रस्ताव अघि बढेको हो ।

शक्ति दुरुपयोग गरेको विषयमा भएको मतदानमा पनि ट्रम्पको विरुद्धमा २३० मत र ट्रम्पको पक्षमा १९७ मत परेको छ ।  सो प्रस्ताव पास हुनका लागि २१६ मत मात्रै भए पनि पुग्थ्यो । तर , आवश्यक भन्दा १४ मत बढी ट्रम्पले शक्ति दुरुपयोग गरेको पक्षमा परेको छ । उता सभामुख नान्सी पेलोसीले यो दुःखदायी क्षण भएको जनाउँदै राष्ट्रपति ट्रम्पको अधम कार्यले गर्दा यो अवस्था आएको र आफूहरुसँग अर्को विकल्प नभएको जनाएकी छन् ।

ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिए पनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए ।

Facebook Comments

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

३ पुष २०७६, बिहीबार ०८:१३
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

३ पुष २०७६, बिहीबार ०८:१३

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ पुष २०७६, बिहीबार ०८:१३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ पुष २०७६, बिहीबार ०८:१३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ पुष २०७६, बिहीबार ०८:१३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ पुष २०७६, बिहीबार ०८:१३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ पुष २०७६, बिहीबार ०८:१३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.