पौष ६, पहिलो नेपाल – यूरोपियन च्याम्पियन्स लिग च्याम्पियन लिभरपुलले फिफा क्लब विश्वकप जितेको छ ।
शनिबार राति फ्लोमेंगोलाई एक–शून्यले पराजित गर्दै लिभरपुलले क्लब विश्वकप च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटमा गोल हुन परिणाम नआए पछि थपिएको अतिरिक्त समयमा लिभरपुलले जित निकालेको हो ।
निर्धारित समयमा दुवै पक्षले गोल गर्न सकेको थिएन । तर, ९९औं मिनेटमा ब्राजिलियन स्टार फिर्मिन्होले गोल गरे । उनको गोल नै निर्णायक बन्यो ।
निर्धारित समयमा दुवै पक्षबाट भएको प्रहार गोलमा परिणत हुन सकेन । लिभरपुलले क्लब वल्र्डकप पहिलो पटक जितेको हो ।