पौष ८, पहिलो नेपाल – सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।सरकारबाट बाहिरिने पक्का भएपनि औपचारिक निर्णय भने आजै बस्ने संसदीय दलको बैठकले गर्ने बताइएको छ ।
समाजवादीका अध्यक्ष उपेन्द्र यादव नेकपा नेतृत्व सरकारमा उपप्रधानमन्त्री एवं कानुनमन्त्री छन्। मोहम्मद इश्तियाक राई समाजवादी पार्टीबाटशहरी विकासमन्त्री छन्।
पदाधिकारी बैठकले उपप्रधानमन्त्री यादव र मन्त्री राइले आजै राजीनामा दिने निर्णय गरेको हो। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे भने बुधबार निर्णय गरिने भएको छ।
संविधान संशोधनको मागसहित समाजवादी सरकारमा सहभागी भएको थियो।