• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ ले १० लाख पर्यटक भित्र्याउने, पुष १६ मा भ्रमण वर्षको भव्य उद्घाटन हुँदै

by पहिलो नेपाल
९ पुष २०७६, बुधबार १८:१२
72
Shares

पुस ९, पहिलो नेपाल – प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० मा १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ । यही पुस १६ गते १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।

समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी १० हजार जनाको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिने जनाएको हो ।

नेपाल सरकारले प्रवर्द्धनकालागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा छन् । ती गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्‍याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको प्रवर्द्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशील छ । सोही समितिअन्तर्गत विभिन्न १२ उपसमितिले काम गरिरहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटनलाई भब्य बनाउन प्रदेश सरकारले भारतको सिक्कम, मेघालय र बिहार राज्यका मुख्यमन्त्रीसमेतलाई प्रदेश १ मा उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।

तर भारतीय राज्यहरुबाट मुख्यमन्त्रीको उपस्थिति भने नहुने देखिएको छ । परराष्ट्र मन्त्रालयमार्फत निम्ता पठाइए पनि उताबाट रेस्पोन्स नआएपछि सरकारले भारतीय पर्यटन व्यवसायीहरुको उपस्थितिमा प्रचार गर्ने योजना अघि बढाएको छ ।

नेपाल भ्रमण वर्षको अवधिमा प्रदेश एकले पाँच लाख पर्यटक ल्याउनु पर्ने छ । तर प्रदेश सरकारले १० लाख पर्यटक भित्र्याउने दाबी गरेको छ ।
भारतीय पर्यटकहरुको तथ्यांक राख्ने प्रणाली नभएको र प्रदेश १ मा तेस्रो मुलुकबाट कम पर्यटक आउने भएकोले कति पर्यटकहरु आइरहेका छन् भन्ने यकिन विवरण छैन ।

Facebook Comments

72
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

९ पुष २०७६, बुधबार १८:१२
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

९ पुष २०७६, बुधबार १८:१२

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ पुष २०७६, बुधबार १८:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ पुष २०७६, बुधबार १८:१२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ पुष २०७६, बुधबार १८:१२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ पुष २०७६, बुधबार १८:१२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ पुष २०७६, बुधबार १८:१२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.