• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ मा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन हुँने, मन्त्री र उपसमिति संयोजक सक्रिय

by पहिलो नेपाल
१० पुष २०७६, बिहीबार १९:५३

पुस १०, पहिलो नेपाल – प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने भएको छ । बिराटनगर स्थित रंगशालामा यही पुस १६ गते १० लाख पर्यटक भित्र्याउने योजनासहित भ्रमण वर्षको भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिने प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।

समितिअन्तर्गत गठित मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले १० हजार जनाको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिने जनाएका छन्।

नेपाल सरकारले प्रवर्द्धनकालागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा छन् । ती गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्‍याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको प्रवर्द्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशील छ । सोही समितिअन्तर्गत विभिन्न १२ उपसमितिले काम गरिरहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार उद्घाटन समारोह २ घण्टाको हुनेछ। जसमा विभिन्न झाँकी, मार्चपास तथा सांगीतिक कार्यक्रम समेत हुने अधिकारीले बताए ।

यसैविच बिहीवार उद्योग पर्यटन वन तथा वातावरणमन्त्रालयमा एक कार्यक्रमका विच भ्रमण वर्षलाई सफल बनाउन मुल समारोह व्यवस्थापन उपसमितिमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व सहित सदस्यहरु मनोनीत गरिएको छ। मनोनीत सदस्यहरुलाई मन्त्री जगदीशप्रसाद कुशियतले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

Facebook Comments

Related Posts

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

१० पुष २०७६, बिहीबार १९:५३
राजेन्द्र राई बने नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता

राजेन्द्र राई बने नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता

१० पुष २०७६, बिहीबार १९:५३

प्रदेश १ सरकारको एक वर्षको घरभाडा मात्रै साढे ४ करोड

ट्रायल परिक्षाको जिम्मा निजी क्षेत्रलाई नदिन सार्वजनिक लेखा समितिको निर्देशन

प्रदेश १ का केही स्थानमा पानी पर्ने

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन सुरु हुँदै, संसद भवनमा मुठभेडको खतरा

प्रदेश नं. १: जसले मुख्यमन्त्री दिन्छ उसैसँग सहकार्य गर्ने काङ्ग्रेसको निर्णय

प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता

प्रचण्ड-नेपाल समुहका विद्यार्थीहरुको प्रदेशस्तरीय भेला झापाको दमकमा हुँदै

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

१० पुष २०७६, बिहीबार १९:५३

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

१० पुष २०७६, बिहीबार १९:५३
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१० पुष २०७६, बिहीबार १९:५३
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१० पुष २०७६, बिहीबार १९:५३

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

१० पुष २०७६, बिहीबार १९:५३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.