<strong>पुस ११, पहिलो नेपाल -</strong> नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ। संस्थापन इतर समूहको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले मिति तोकेको हो।