पुस १५, पहिलो नेपाल – पूर्व प्रधानमात्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो गृह जिल्ला रौतहटमा कम्बल वितरण गरेका छन् । उनले जाडो प्रभावित क्षेत्र रौतहटको गढिमाइ नगरपालिका ३ मा पुगेर कम्बल वितरण गरेका हुन् ।
नेता नेपालले जाडो बाट प्रभावित दलित,गरिव र असाहाय परिवारलाई दुइ सय ७० जनालाइ कम्बल बितरण गरेका हुन । नेता नेपालले आफ्नो जिल्लाको अवस्था जाडोका कारण कष्ठकर बनेपछि न्यानो बाड्न रौतहट आएको प्रतिक्रिया दिए । नेता नेपालले जनताका लागी नेकपाले मात्र सोच्ने भएकाले नेकपालाई माया गर्न आग्रह समेत गरे ।
जाडोमा न्यानो कपडा पाएपछि गढीमाईका स्थानीय हर्षित बनेका छन् । ९ वडा रहेको गढीमाई नगरपालिकामा प्रति वडा ३० थानका दरले बृद्दबृद्दा, असाहाय, एकल महिला छनौट गरेर कम्बल बितरण गरिएको थियो ।