पुस १६, पहिलो नेपाल – प्रदेश १ सरकारले भ्रमण वर्ष २०२० को भव्य रुपम उद्घाटन गरी सुरुवात गरेको छ ।
विराटनगर स्थित शहीद रंगशालामा बुधबार एक भव्य समारोहका बीच भ्रमण वर्ष २०२० को शुरुवात गरेको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भ्रमण वर्षको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । साथै आदिबासी, जनजाति, शैक्षिक संस्था, संरक्षण क्षेत्र, वन उपभोक्ता लगायतले विभिन्न भेषभूषामा झाँकी प्रदर्शन गरेका थिए ।
प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा प्रदेश १ का मन्त्रीहरु, सांसदहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, स्थानीय , जिल्लाबाट आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , विद्यार्थी लगायतको उपस्थिति थियो ।