पुस १८, पहिलो नेपाल
जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगबाट पुर्वी भेगमा प्रवेश गरेकोले आज देशको पुर्वी भेगमा वर्षा सँगै उच्च पहाडी भेगमा हिमपातको संभावना रहेको मौसमविदको भनाई छ । यही प्रणालीका कारण शुक्रवार देखी तपक्रम घट्ने अनुमान छ ।
यो प्रणाली शुक्रबार बेलुकीसम्म अझै सशक्त भइ देशको पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने संभावना छ। यो प्रणालीका कारण शुक्रबार र शनिवार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविदको भनाई छ।
देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।