पुस १८, पहिलो नेपाल – काङ्ग्रेस बाट निर्वाचन कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो ।
गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप निवेदनमा लगाएका थिए।