पुस १८, पहिलो नेपाल – सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले आफ्नो केन्द्रिय कमिटी टुङ्ग्याएको छ । एकताको लामो समयको सकस पछि केन्द्रिय कमिटिको अन्तिम नामावली प्रकाशित भएको हो ।
दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) विचको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन अनेरास्ववियू फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज विनोद ढकाल साथै संयोजक ऐन महर र सह संयोजक रञ्जित तामङको उपस्थितिमा भएको बैठकले केन्द्रिय कमिटीको अन्तिम नामावली टुङ्याएको हो ।
केन्द्रिय कमिटिमा कुल ३३५ मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहेका छन् । ११ जनाको केन्द्रिय सचिवालय कमिटि, ४५ जनाको स्थायी कमिटी र कार्यलय भने टुंगोमा पुग्न सकेको छैन् ।
त्यस्तै अनेरास्ववियूमा केन्द्रिय कमिटीका अतिरिक्त अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग गरि ३ वटा आयोग बनाउने निर्णय पनि बैठकले गरेको छ। सबै आयोगमा अध्यक्ष र सचीव सहित २१ जनाको कमिटी रहनेछ । साथै बैठकले निर्वाचन आयोगको अध्यक्षमा भास्कर खनाल र सचिवमा गजेन्द्र देव, त्यस्तै लेखा आयोगको अध्यक्षमा धर्मेन्द्र रोकाय र सचिवमा मदन भुल बनाउने निर्णय गरेको छ भने अनुशासन आयोगको अध्यक्षमा प्रविणा अधिकारी र सचिवमा खेम मरासिनी रहेका छन् ।
हेर्नुस् अनेरास्ववियू केन्द्रिय कमिटीको पूरा नामावली :