• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सन्दिपले गरे २०२० को शानदार सुरुवात , पहिलो खेलमै लिए ३ विकेट

by पहिलो नेपाल
२० पुष २०७६, आईतवार ०९:१२

पुस २०, पहिलो नेपाल – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २०२० को शानदार सुरुवात गरेका छन् । जारी अस्ट्रेलियाको विग–बास क्रिकेट लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले सहरिया प्रतिद्वन्द्वी मेलबर्न रेनेगेट्ससँगको खेलमा ३ विकेट लिँदै २०२० लाई स्वागत गरेका छन् ।

२०१९ मा टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सुचिमा विश्वकै पहिलो नम्बरमा रहेका सन्दीपले २०२० को पहिलो खेलमा पनि उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका हुन्। विग-बास लिग अन्तर्गत शनिबार भएको मेल्बर्न डर्बी भिडन्तमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली रेनेगेट्सविरुद्ध सन्दीपले ४ ओभरमा २६ रन खर्चिए । सातौं र नवौं ओभर बलिङ गरेका सन्दीपले विकेट लिन सकेनन् । क्रमशः ७ र १२ रन खर्चिए । १४ ओभरसम्म रेनेगेट्स २ विकेट क्षतिमा १ सय १५ रन बनाएर ठूलो स्कोरतर्फ लक्षित थियो ।

यस्तोमा बलिङको जिम्मा पाएका सन्दीपले १५ औं ओभरमा २ विकेट झारे । ओभरको तेस्रो बलमा उनले क्रिजमा टिकिरहेका शन मार्सलाई नाथान कल्टर नाइलको हातबाट क्याचआउट गराए । मार्सले ३३ बलमा ४३ रन बनाएर खेलिरहेका थिए । सन्दीपले पाँचौं बलमा डानियल क्रिस्टियनको स्टम्प उडाइदिए । क्रिस्टियन गोल्डेन डकआउट भए । सन्दीपले यो ओभरमा ४ रनमात्र खर्चिएका थिए ।

१७ औं ओभरमा आफ्नो अन्तिम स्पेल बलिङ गरेका सन्दीपले टस कुपरलाई पनि एलबीडब्लू धरापमा पारे । सन्दीपले ५ खेलमा आफ्नो विकेटसंख्या ६ पुर्‍याएका छन् । सो खेल स्टार्सले जित्दै तालिकाको शिर्ष स्थानमा रहेको छ।

गतवर्ष पनि मेलबर्न स्टारबाट नै खेलेका सन्दिपले ८ खेलमा ११ विकेट लिँदै आफ्नो टिमलाई फाईनल सम्म पुर्याएका थिए। यसवर्ष पनि सन्दिपको टिम तालिकाको शिर्ष स्थानमा रहेको छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२० पुष २०७६, आईतवार ०९:१२
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

२० पुष २०७६, आईतवार ०९:१२

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० पुष २०७६, आईतवार ०९:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० पुष २०७६, आईतवार ०९:१२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० पुष २०७६, आईतवार ०९:१२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० पुष २०७६, आईतवार ०९:१२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० पुष २०७६, आईतवार ०९:१२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.