पुस २०, पहिलो नेपाल – अमेरिकाको आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानीको ज्यान गएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो ।
तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले यसरी मस्जिदमा रातो झण्डा फहराएको पहिलो पटक हो ।
मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराइन्थ्यो । अहिले भने त्यो धार्मिक झण्डा हटाएर रातो झण्डा फराइएको छ जलाई युद्धको घोषणाको रुपमा लिइएको छ किनकि रातो झण्डाको अर्थ दुःख जनाउनु हुँदैन ।
यसरी झण्डा फराउनुको अर्थ इरानले आफ्ना देशवासीलाई त्यो स्थितिको लागि तयार रहन भनेको छ जुन स्थिति उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि इरान र इराकको युद्धको बेला पनि यसरी रातो झण्डा फहराइएको थिएन ।
इतिहासमा हुसैन साहबले कर्बला युद्धको बेला मस्जिदमाथि रातो झण्डा फहराएका थिए । यो रातो झण्डा रगत र शहादतको प्रतीक मानिन्छ ।
अहिलेको स्थितिमा सुलेमानीले देशको लागि शहादत दिएको र यसको बदला लिनको लागि देशवासीलाई तयार रहन भनिएको रुपमा यो झण्डा फहराइएको छ ।
इरानले इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमा रकेट आक्रमण गरेको छ । अमेरिकी दूतावासभित्र रकेट प्रहार भएपछि भागदौड मच्चिएको थियो ।
सूत्रका अनुसार बगदादको ग्रीन जोनमा अमेरिकी दूतावासभित्र कत्युषा रकेटबाट आक्रमण भएको हो ।