पुस २२, पहिलो नेपाल – प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ ।
चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो । त्यसका लागि उनीहरुको राहदानी खारेज हुनेछ । राहदानी खारेज भएपछि उनिहरु अबैध हुने भएकाले देश निकाला गर्ने बाटो खुल्छ ।
चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारी बताउँछन् । पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो । पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको छ ।
यस्तो छ चिनियाँको अपराध
सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगातयका देशहरुका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपराधिक योजना बनाएका थिए । त्यही क्रममा चीनले केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्यान्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेर चीन लगिएको छ ।
त्यसका लागि नेपालमा सहकार्य गरेजस्तै चिनियाँ सुरक्षा ऐजेन्सीले सहयोग गरेको थियो । चिनियाँ नागरिकको अपराध के हो भन्ने प्रहरीले खुलेर बताएको छैन ।
चिनियाँ सुरक्षा अधिकारीले नेपाल प्रहरीलाई दिएको जानकारी भने चिनियाँ नागरिकले नेपालमा बसेर अनलाइन सट्टेबाजी, फुटबल म्याच फिक्सिङ, ग्लाम्बलिङ, मानव तस्करी, यौनजन्य क्रियाकलापको भिडियो निर्माण, फेक अकाउन्ट, ह्याकिङ गर्ने योजना बनाएका थिए ।