पुस २२, पहिलो नेपाल – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन्। मन्त्री यादवले चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिने बताएका हुन्। मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने प्रगतिको जानकारी गराउँदै यस्तो बताएका हुन् ।
गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक लाख ८७ हजारले १३ दिनको रोजगारी पाएका थिए।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना विमा गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ।