पुस २२, पहिलो नेपाल – सुनसरी स्थित दुहबीको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ । मंगलबार साँझ आगो लागेको प्रहरीले बताएको छ ।
प्रहरी, स्थानीय तथा विभिन्न ठाउँबाट एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। चौधरी ग्रुपको उक्त उद्योगद्वारा उत्पादित विस्कुटको नेपालमा ठूलो बजार छ। थप विवरण आउन बाँकी छ।
Facebook Comments