पुस २३, पहिलो नेपाल – अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ ।
अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पहिलो चरणमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको जनाएको छ ।
इरानले दोस्रो चरणमा बुधबार इराकस्थित अमेरिकी बेसमा आक्रमण गरेको छ । पहिलो चरणमा करिब एक दर्जन मिसाइल प्रयोग गरेकोमा दोस्रो चरणमा पुनः आक्रमण गरेको हो
सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ ।
उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको जनाइएको छ ।