पुस २३, पहिलो नेपाल – नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर अनेरास्ववियू पिण्डेश्वर क्याम्पस कमिटी धरानले अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियाेगिताकाे आयाेजना गर्ने भएको छ । आउँदो माघ ५ गते सञ्चालन हुने कार्यक्रमकाे शीर्षक “पर्यटन प्रवर्द्धनमा युवाहरुको भुमिका” रहेकाे छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि धरानको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएकाे अनेरास्ववियू पिण्डेश्वर क्याम्पस कमिटीका अध्यक्ष महेश अधिकारीले बताए।
उक्त कार्यक्रममा अनरास्ववियू केन्द्रीय कमिटी निर्वाचन आयोगका प्रमुख भास्कर खनालको प्रमुख आतिथ्यता रहनेछ ।
धरान उपमहानगरपालिका भरिका क्याम्पसकाे सहभागिता रहने उक्त कार्यक्रम पिण्डेश्वर क्याम्पसकाे कालिदास भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।