पुस २४, पहिलो नेपाल – अमेरिकाले रक्षा बजेटमा वार्षिक ६४८.८ विलियन अमेरिकी डलर खर्च गर्छ भने यसको तुलनामा इरानको निकै कम रक्षा बजेट रहेको छ। इरानले वार्षिक १३.१ विलियन अमेरिकी डलर रक्षा बजेटमा खर्च गर्छ। त्यसैगरी, अमेरिकासँग १३ लाख ५९ हजार सक्रिय सैन्य शक्ति छ भने इरानसँग आधाभन्दा कम ५ लाख २३ हजारमात्रै सक्रिय सेना रहेको छ। त्यसैगरी, अमेरिकासँग ८ लाख ४५ हजार जगेडा सैन्य शक्ति छ भने इरानसँग ३ लाख ५० हजारमात्रै जगेडा सैन्य शक्ति छ। साथै, अमेरिकासँग ६ हजार २ सय ८७ मुख्य युद्ध ट्यांक छ भने इरानसँग १ हजार ५ सय १३ मात्रै युद्ध ट्यांकको क्षमता छ।
यी आंकडालाई हेर्ने हो भने पनि इरान तत्काल अमेरिकासँग युद्ध लड्ने पक्षमा देखिँदैन। साथै, अमेरिकी राष्ट्रपति ट्रम्पले आसन्न राष्ट्रपतीय निर्वाचनमा राष्ट्रवादी जनमत प्राप्त गर्नका लागि इरानका सैन्य कमान्डरको हत्या गरेको आरोप देशभित्रै उनका राजनीतिक प्रतिद्वन्दीले लगाइरहेका छन्। उनीहरुले विश्व र अमेरिकाले अब युद्ध थेग्न नसक्ने भन्दै चुनावी प्रोपोगान्डाका लागि ट्रम्पले यो बाटो अपनाएको आरोप पनि लगाइरहेकै परिस्थितिमा वासिङ्टन र तेहरान तत्काल ठूलो युद्धमा जाँदैनन् भन्ने अनुमान लगाउन सकिन्छ।