• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आजबाट श्रीस्वस्थानी व्रत सुरु

by पहिलो नेपाल
२५ पुष २०७६, शुक्रबार ०९:३२
  • 20
    Shares

पुस २५, पहिलो नेपाल – हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस्तो छ स्वस्थानीको महिमा

राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र पनि छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

Facebook Comments

  • 20
    Shares

Related Posts

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

२५ पुष २०७६, शुक्रबार ०९:३२
‘हाम्रो अभियान’को टिमलाई काठमाडौमा सम्मान

‘हाम्रो अभियान’को टिमलाई काठमाडौमा सम्मान

२५ पुष २०७६, शुक्रबार ०९:३२

उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्ण भगवानको पूजा आरधना गरेर मनाईंदै

निशुल्क खाना खुवाउने अभियानमा रातदिन खटिरहन्छन् यी चार चेलिहरु

छोरिले पनि किरिया गर्छन भन्ने उदाहरण बनिन् थारु गायिका सुनिरा

भाइटिकाको सुभ साईत ११:५५ बजे

आज लक्ष्मीपुजा , कुकुर तिहार पनि आजै

बडादशैं आजबाट सुरु, घरघरमा जमरा राखिँदै

आजबाट सोह्र श्राद्ध सुरु

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

२५ पुष २०७६, शुक्रबार ०९:३२
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२५ पुष २०७६, शुक्रबार ०९:३२
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२५ पुष २०७६, शुक्रबार ०९:३२
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

२५ पुष २०७६, शुक्रबार ०९:३२
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

२५ पुष २०७६, शुक्रबार ०९:३२
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.