पुस २५ , पहिलो नेपाल – नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पहिलो पुर्ण बैठक आउँदो २७ र २८ गते काठमाडौमा हुने भएको छ । दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) एकता भएर केन्द्रिय कमिटीले पुर्णता पाएसँगै पहिलो बैठक बोलाएको हो ।
दुई दिन चल्ने बैठकमा केन्द्रिय कमिटीका सम्पुर्ण सदस्य तथा आयोगका अध्यक्ष ,सचिव र सदस्यहरुलाई बोलाईएको छ । बैठक पुस २७ गते बिहान ११ बजेदेखी राष्ट्रिय सभागृहमा हुनेछ भने पुस २८ गते बिहान ८ बजेदेखि त्रिवि अडिटरियम हल ,कृतिपुरमा हुनेछ।
दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) विचको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गत पुस १८ गते अनेरास्ववियू फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज विनोद ढकाल साथै संयोजक ऐन महर र सह संयोजक रञ्जित तामङको उपस्थितिमा भएको बैठकले केन्द्रिय कमिटीको अन्तिम नामावली टुङ्याएको थियो ।
केन्द्रिय कमिटिमा कुल ३३५ मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहेका छन् । त्यस्तै समान २१ सदस्य रहने गरि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग समेत बनाएको थियो । ११ जनाको केन्द्रिय सचिवालय कमिटि, ४५ जनाको स्थायी कमिटी र कार्यलय भने टुंगोमा पुग्न सकेको छैन् ।