पुस २६, पहिलो नेपाल – कालिकोटे खड्का वंश उत्थान सेवा समितिले अाफ्नाे चाैथाे महाधिवेशन सम्पन्न गरेको छ । झापा , माेरङ , सुनसरी , खाेटाङ , धनकुटा , सप्तरी, उदयपुर लगाएत अन्य विभिन्न स्थानमा जिल्ला समिति गठन गरिसकेको कालिकोटे खड्का समाजले अाज विराटनगर १ स्थित अाफ्नाे कुल मन्दिरमा अाफ्नाे चाैथाे अधिवेशन सम्पन्न गरेको हाे ।
अधिवेशनले अागामि ३ वर्षको लागि प्रेम बहादुर खड्काकाे अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नयाँ गठित समितिको उपाध्यक्षमा कुमार खड्का , महेन्द्र बहादुर खड्का र गाेबिन्द खड्का रहेका छन्। त्यस्तै महासचिवमा रेत बहादुर खड्का , सचिवमा जीवन खड्का , काेपिला खड्का र विनाेद खड्का रहेका छन् ।
साथै काेषाध्यक्षमा देवि प्रसाद खड्का , सह काेषाध्यक्षमा यादव कुमार खड्का छन भने सदस्यहरुमा देवेन्द्र खडका, जनक खड्का, टंक बहादुर खड्का , शान्ति शुन्दर खड्का, नारायण खड्का , अमृत बहादुर खड्का र भरत बहादुर खड्का छन् । यस्तै अधिवेशन मा ८० वर्ष नाघेका १० जना वृद्ध बन्धुहरुलाई र गत एसईईमा उत्कृष्ट अंक ल्याई पास हुने छाेरि कृपा खड्कालाई सम्मान गरिएको थियो ।