” मेरो के काम ? “
रातो छैन , गुलाबको के काम ?
तिमी छैनौ , यो जवानीको के काम ?
मनको गीत सुन्ने सिता छैन भने ,
रामायणमा राम कहाँनीको के काम ?
लाउँ माया भन्दा , लाएकै छु भन्ने
जाउँ सँगै भन्दा , नजानेको के काम ?
मायाका मिठामिठा बात छैनन् भने
लामा यी ठन्डि रातको के काम ?
नसालु ति नयनमा मदमस्त हुने मलाई
महङ्गा ति मदिराको मात के काम ?
तिमीसँग घन्टौं गफीरहन मन पर्ने मलाई
एकै छिनको त्यो हाइहेल्लो वाला भेटको के काम ?
मायाको न्यानोपनमा लडिबुडी खेल्ने मलाई
यो हिउँदमा एक्लै सुत्नु परे , कोठाको त्यो डबल बेडको के काम ?
यदी हाम्रो प्रेम असम्भव नै छ भने ,
तिमीसँग बुनेका हजारौँ सपनाको के काम ?
यदी तिमी नै छैनौ भने मेरो जिवनमा
त्यो देखावटी माया गर्ने ति आफ्नाको के काम ?
यदी हाम्रो प्रेम असम्भब नै छ भने
ती रोमीयो जूलियटका प्रेम कहाँनीको के काम ?
यदी मैले तिमीलाई पाउँन गरेको संघर्ष व्यर्थ हुन्छभने
तिम्रो हरेक सानो कुराको ख्याल गर्ने मेरो बानीको के काम ?
यदी मेरोसामु तिमी मौन बस्छौ भने
यो मनमा उब्जिएका हजारौँ प्रश्नको के काम ?
यदी बजारमा पाउने आभुषणमा बिक्छौ भने
यो गरीबको झुपडीमा सँगै बस्नुको के काम ?
यदी हातमा हात राखी साथ दिन सक्दिनौँ भने
दुईदिनलाई आएको तिमीजस्तो पाहुनाको के काम ?
र त्यो मनको बगैँचामा प्रेमको फुल फुल्दैन भने
मभन्दा राम्रो पाउँछौ भन्ने त्यो सान्त्वनाको के काम ?
र अखिरमा म भन्दा खुशी राख्ने अरु कोइ पाईसकेउ भने
अब तिमीलाई मेरो के काम ?