पुस २८, पहिलो नेपाल – आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सम्पूर्ण रुपले होमिने निर्णय गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने वैठक सकिएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा उद्घाटन भएको वैठक सोमवार त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भवनमा समापन भएको हो ।
पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)बीचको एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठक काठमाडौंमा बसेको हो ।
सोमबारको बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ।
संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियु निर्वाचनमा संगठन सम्पुर्ण रुपले होमिने उल्लेख छ।
नयाँ विधान अनुसार अब अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय, सचिवालय १११ सदस्यीय, स्थायी समिति ४५ सदस्यीय र ९ देखि १५ जना सम्मको केन्द्रीय कार्यालय (हाइकमाण्ड ) रहने अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।