माघ ४, पहिलो नेपाल – अनेरास्ववियू मोरङ जिल्लाले वृहत् भेलाको आयोजना गरेको छ । दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रमा एकता टुङ्गिएसँगै मोरङ जिल्लामा पनि संयुक्त भेलाको आयोजना गरिएको हो ।
विराटनगर स्थित नेकपा पार्टी कार्यलय पाञ्चालिमा आयोजना भएको भेलामा जिल्लाभरका साविक अनेरास्ववियु र साविक क्रान्तिकारीका जिल्ला सदस्य तथा क्याम्पस कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भेलामा फागुन १४ मा हुने स्ववियु निर्वाचन तथा दुई संगठन विचको जिल्लास्तरीय एकता लगायतका विषयमा नेतृत्वले निर्देशनात्मक जानकारी दिएका थिए।
भेलामा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियु फ्याक्सन सह इन्चार्ज विनोद ढकालले स्ववियुमा अनेरास्ववियूलाई पराजय हुने कुनै छुट नभएकोले त्यही अनुसार लाग्न निर्देशन दिए। त्यस्तै नेकपा मोरङ जिल्ला विद्यार्थी फाँट प्रमुख ओसिम आलमले अनेरास्ववियूमा भएपछि सांगठनिक नियि नियम र अनुशासनका पक्षहरु सिकाउँदै स्ववियुमा संगठनलाई थोरै मात्र असर पर्ने काम गरेपनि तुरुन्त कारबाही गरिने उल्लेख गरे ।
भेलामा नेताहरुले स्ववियु चुनाव हुनेमा अनेरास्ववियूमा दुई मत नरहेको उल्लेख गरे। सबैजसो वक्ताहरुले स्ववियु चुनावमा जितको विकल्प नरहेको बताएका थिए। भेलामा नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियू फ्याक्सन सह इन्चार्ज विनोद ढकाल, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी , नेकपा केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, नेकपा मोरङ जिल्ला सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज ओसिम आलम, सहइन्चार्जहरु भास्कर खनाल , अनेरास्ववियु केन्द्रिय सदस्यहरु अनिल कार्की , गोकर्ण घिमिरे, ताजिम अन्सारी , जिजस न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
जिल्लास्तरीय एकता टुंगोमा पुर्याउन र स्ववियु रेखदेख गर्न जिम्मेवारी बाँडफाँड
साथै भेलाबाट स्ववियु हुने क्याम्पसहरुमा केन्द्रिय सदस्यहरुलाई रेखदेख गर्ने जिम्मेवारी बाँडफाँड पनि गरिएको छ। ताजिम अन्सारीलाई डिग्री क्याम्पस र रमाईलो बहुमुखी क्याम्पस , गोकर्ण घिमिरेलाई महेन्द्र मोरङ, अनिल कार्किलाई सुकुना बहुमुखी क्याम्पस , विष्णु यादवलाई बेलबारी बहुमुखी क्याम्पस , जिसस न्यौपानेलाई नर्सिङ क्याम्पस , दिपेन्द्र मेहेतालाई उर्लाबारी क्याम्पस र अन्जु पाण्डेलाई पथरी क्याम्पसलाई स्ववियु चुनाव विषेश रेखदेख गर्ने जिम्मेवारी तोकिएको छ ।
यसैगरी भेलामा दुई संगठन विचको जिल्लास्तरीय एकता टुंगोमा पुर्याउनका लागि एउटा समिति समेत गठन गरिएको छ। समितिहरुमा ओसिम आलम, गोकर्ण घिमिरे, अनिल कार्की , भास्कर खनाल, सुमन कालिकोटे, जिसस न्यौपाने , ताजिम अन्सारी , दिपेन्द्र मेहेता र अन्जु पाण्डे रहेका छन् ।