माघ ५, पहिलो नेपाल – झण्डै दुई बर्षपछि प्रदेश १ सरकारले मन्त्री परिषद बिस्तारको तयारी गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लामो समयपछि मन्त्री परिषद विस्तार गर्ने तयारी गरेका हुन्। २३ महिनादेखि ५ जना मन्त्रीले चलाएको प्रदेश सरकारलाई पुर्णता दिन थप मन्त्री थपिदै छ ।
मन्त्री मण्डल विस्तारको तयारीमा रहेका मुख्यमन्त्री राईले महिलामा जसमायाँ गजमरलाइ मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । त्यस्तै रामबहादुर राना मगर, अम्बीरबाबु गुरुङ, विजय विश्वास पनि मन्त्री बन्दैछन्। यसअघि कला घले, राम राई र झलकसिंह दर्लामीको नाम पनि चर्चामा रहेको थियो ।
प्रदेश प्रमुखको कार्यलयमा आज दिउँसो सपथ ग्रहणको कार्यक्रम रहेको श्रोतले जनाएको छ।
संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्री परिषद् गठन गर्ने व्यवस्था छ । प्रदेश १ मा पूर्व एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको स्पष्ट दुईतिहाइ छ ।
प्रदेशसभामा नेकपाका ६७, कांग्रेसबाट २१,समाजवादी पार्टीबाट ३, राप्रपा १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन् । यस आधारमा नेकपाले कुल सदस्य संख्याको २० प्रतिशतले हुन आउने १८ जनासम्म मन्त्री बनाउन पाउँछ । तर संघीयता खर्चिलो व्यवस्थाका रूपमा अघि बढ्न सक्ने भन्दै त्यसका लागि पूर्वसहमति स्वरूप संघीय सरकारको समेत नीतिगत सुझाव आवश्यक छ ।