माघ ५, पहिलो नेपाल – लामो रस्साकस्सीपछि अन्त्यमा नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन्।
पार्टी एकताका बेला भएको सहमति अनुसार पूर्व माओवादीबाटै सभामुख बनेका कृष्णबहादुर महरालाई बलात्कारको अभियोग लागेपछि गत असोज १४ गते उनले सभामुख पदबाट राजीनामा दिएका थिए।
अब उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्नेछिन्।
Facebook Comments