• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भोजपुरबाट सुरु भयो, दन्त उपहार कार्यक्रम

by पहिलो नेपाल
१२ माघ २०७६, आईतवार १९:१०
51
Shares

माघ १२, पहिलो नेपाल – प्रदेश १ सरकारले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम भोजपुरबाट सुरुवात गरेको छ । ज्येष्ठ नागरिकलाई थोतेरहित बनाउने उद्देश्यसहित प्रदेश सरकारले भोजपुरको आमचोक गाउँपालिकाबाट दन्त उपहार कार्यक्रम सुरुवात गरेको हो ।

बृद्धबृद्धा अवस्था पुगेर दाँत झरिसकेपछि दैनिक जीवनमा हुने कठाईबाट जोगाउन सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमको अवधारणा अगाडी सारेको थियो । चालु आर्थिक वर्षमा प्रदेशका ३० स्थानीय तहका ज्येष्ठ नागरिकलाई दाँत लगाउने योजना छ ।

मुख्यमन्त्री शेरधन राईको जन्म स्थान आमचोकमा शुक्रबार ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएर कार्यक्रमको शुभारम्भ गरिएको छ । मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र आमचोक अध्यक्ष अशोक राईले तीनजना ज्येष्ठ नागरिकलाई दाँत लगाई दिनु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री राईले ७२ वर्षिय दुर्गाबहादुर राना मगरलाई, मन्त्री घिमिरेले मदन राईलाई र अध्यक्ष राईले दक्षीमाया राईलाई उपहारस्वरुप दाँत लगाई दिनु भएको थियो । ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सुरु गरिएको दन्त उपहार कार्यक्रम आमचोकमा तीनदिनसम्म सञ्चालन हुने अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाका सबै ज्येष्ठ नागरिकको दाँत परीक्षण तथा आवश्यकता अनुसार दाँत लगाउने योजना राखिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले नागरिकको चाहना अनुसारको सरकारले योजना अगाडी सार्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कामहरु समेत सँगसँगै अगाडी बढाउने बताउनुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, मानसिक समस्यामा परेका नागरिकको संरक्षण सरकारले गर्ने गरि कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो । ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने योजनालाई प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उहाँले बताउनुभयो ।

Facebook Comments

51
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ माघ २०७६, आईतवार १९:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ माघ २०७६, आईतवार १९:१०

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ माघ २०७६, आईतवार १९:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ माघ २०७६, आईतवार १९:१०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ माघ २०७६, आईतवार १९:१०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ माघ २०७६, आईतवार १९:१०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ माघ २०७६, आईतवार १९:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.